अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विमानस्थलबाट अवैध रुपमा सुन संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय मूल्य बराबरको सुनसहित प्रहरीले सोमवार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका ९ का सन्दीप पटेल रहेका छन् । विमानस्थल

को नयाँ पार्किङ एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङमा सुन संकलन गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४ थान सुनको बाला बरामद गरेको छ । 

यसैबीच प्रहरीले विमानस्थलको गोल्डेन गेट एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १७ लाख ४६ हजार ३ सय ९६ मूल्य बराबरको सुनको बाला ५ थान, मोबाइल ३ थान र ल्यापटपसहित २ जनालाई सोमवार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का अर्पण केसी र खोटाङका मनोज राई छन् ।

पक्राउ परेका ४ जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?