कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । कुवेतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलाई मंगलवार बिदाई गरिएको छ । 

कुवेतसँगको दुई मैत्रीपूर्ण खेलका लागि २४ सदस्यीय नेपाली टोली मंगलवारै कुवेत प्रस्थान गरेको हो । नेपालले यहि मार्च २१ र २६ तारिखमा कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्दैछ । यसअघि नेपालले मलेसियासँग पनि मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो । तर, मलेसियासँगको खेल स्थसगत भएपछि नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा कुवेत प्रस्थान गरेको नेपाल िटिममा नयाँ खेलाडीहरुलाई मौका दिइएको छ । 

कुवेत प्रस्थान गर्ने खेलाडीहरुमा गोलरक्षक किरण चेम्जोङ, विकेट कुथु,  विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल  र देबेन्द्र तामाङ रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा रवि पासवान, टंक बस्नेत , सन्तोष तामाङ , बिक्रम लामा, बिशाल राई , हेमन गुरुङ , सुजल श्रेष्ठ तथा फरवार्डमा रन्जन विष्ट , सुमन लामा , भरत खवास, विमल राना , नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । 

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतले एक कार्यक्रमका बीच बिदाई गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?