तस्वीरमा होली

काठमाडौं । आज हिन्दुहरुकोे पर्व होली, होली अर्थात् रंगहरुको पर्व । आज राजधानीका विभिन्न स्थानमा एकआपसमा रङ दल्ने र लोला खेल्नेहरुको विशेष रौनक छ ।  विभिन्न रङ अविर र लोला खेली आज होली पर्व मनाइदै छ ।

होलीपर्व सबै जात भाषा धर्म पेशा लिंग र उमेर समुहलाई एकै ठाउँमा ल्याई खुसीयाली साटासाट गर्ने एउटा राम्रो अवसरको रुपमा लिइन्छ् । यो पर्वले सबै जात, धर्म, भाषा आदिलाई खेल मैदानको सिर्जना गर्छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।

आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी काठमाडौं सहित देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । अहिले राजधानीका विभिन्न चोकहरुमा साङगितिक कार्यक्रम हुँदैछन् भने सडकमा एकआपसमा अबिर तथा रङ लगाई होली पर्व मनाउँनेहरुको चहलपहल छ ।

राजधानीको ठमेलमा नेपालीहरुका साथमा विदेशीहरुले पनि रङ दलेर एकआपासमा रमाइलो गर्दै होली मनाइरहेछन् ।  फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

तस्वीर: एलिसा अर्याल 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?