रङहरुको पर्व होली एक अर्कालाई रङगीन बनाएर मनाइँदै (फोटोफिचर)

काठमाडौं । आज राजधानीका विभिन्न स्थानमा एकआपसमा रङ दल्ने र लोला खेल्नेहरुको विशेष रौनक छ ।  विभिन्न रङ अविर र लोला खेली आज होली पर्व मनाइदै छ ।

बुधबार काठमाडौंको बसन्तपूर अथाह भिड जम्मा भएर होली मनाइरहेको छ ।  अधिकांश युवायुवतीहरु छन् ।

एकैनासको हेप्पी होली लेखेका टिसर्ट लगाएका छन् । अनुहार पेन्ट गरेका छन् । नाचगान पनि भइरहेको छ ।

बसन्तपुरका साथसाथै टुँडिखेल, दरबारमार्ग, रत्नपार्क बानेश्वर लगायत मुख्य चोकहरुमा पनि सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् । 

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?