काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ ।
मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबिच उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन्
टी २० वल्ड कपमा नेपाली क्रिकेट टीमको सहभागिताको प्रबल सम्भाबना रहेको बेला खेलाडिको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।
पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तमा चिनाएकोले क्रिकेट टीमलाइ सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफुहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।
बिगत ४१ बर्षदेखी स्तरिय शर्टिङ शुर्टिङ तथा तेलरिङ्ग सेवा दिदै आएको मेरीना इम्पेक्स भरपर्दो सेवाका लागी परिचित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया