भगवती महिला रेस्लिङ च्याम्पियन (तस्वीरसहित)

काठमाडौं । रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का ‘युनिका’ पहिलो भएकी छिन् । 

यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।

होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति र सविनाले पनि यो स्पर्धामा भाग लिएका थिए ।

महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्ती मगरले लीलालाई हराइन् ।

त्यस्तै भारतीय र नेपाली रेस्लरबीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स वंशीले नेपालका बाबु साहेबलाई पाखा लगाए । सम्पूर्ण खेलको निर्णायकमा गुणराज रुचाल रहेको आयोजक फाउन्डेसनले जनाएको छ । विजेतालाई नायक राजेश हमालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?