काठमाडौं । आगमी वैशाख ९ गतेदेपख तेश्रो थेचम्बो याङवारक अन्तर्राष्ट्रिय खुला चेस प्रतियोगिता हुने भएको छ ।
थेचम्बो याङवारक चेस संघ र ताप्लेजुङ जिल्ला बुद्धीचाल संघको आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशी ५ लाख १ हजार ५ सय रुपैया रहेको छ ।
प्रतियोगिताको दौरान नेपालका राष्ट्रिय च्याम्पियनहरुको सम्मान कार्यक्रम पनि आयोजना हुने आयोजक कमिटीका प्रमुख राजकुमार मेयाुङवोले जानकारी दिए । फीडे आर्बिटर भवानी लिम्बुको नेतृत्वमा रहने प्राविधिक टोलीले प्रतियोगिता सञ्चालन गर्नेछ ।
प्रतियोगिताको उपाधि विजतोले ५० हजार, उपविजेताले ३५ हजार तथा तेश्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, चौथो हुनेले २१ हजार ,पाँचौ हुनेले २० हजार र छैटौं हुनेले १९ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, सातौंले १८ हजार, आठौँले १७ हजार, नवौंले १६ हजार तथा १० औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ११ औँ देखि १५ औँ हुनेले १२ हजार रुपैयाँ पाउने छन् ।
क्याटोगोरी पुरस्कारतर्फ प्रदेश एकको शिर्ष तिन स्थान पाउने खेलाडीले १० हजार, सात हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फ शिर्ष तीन खेलाडीले ९ हजार,६ हजार र ५ हजार रुपैयाँ तथा भेट्रानतर्फ पनि शिर्ष तीन खेलाडीले सोही रकम बराबरको पुरस्कार पाउने छन् ।
यु–१६ तर्फका शिर्ष तीन खेलाडीले १० हजार, ७ हजार तथा ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ताप्लेजुङका शिर्ष तीन खेलाडीले १० हजार, ७ हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । याुङवारक उत्कृष्टले पनि सोही रकम बराबरको पुरस्कार पाउने छन् ।
उत्कृष्ट थेचम्बोतर्फ शिर्ष ५ मा रहने खेलाडीले ६ हजार, ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । अनरेटेड तर्फ शिर्ष तीन स्थान पाउने खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
१५ सय मुनि रेटिङको उत्कृष्टले ८ हजार, १७सय मुनी रेटिङको उत्कृष्टले ८ हजार र १९ सय मुनी रेटिङको उत्कृष्टले पनि ८ हजार रुपैयाँ नै पुरस्कार पाउने छन् । अनुशाषित खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
राइजिङ खेलाडीको पुरस्कार २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया