काठमाडौं । सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २० औँ ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् ।
स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कास्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज लामाले जानकारी दिए ।
फाइटतर्फ महिला ४९ केजी तौलसमूहको सेमिफाइनलमा आयोजक राष्ट्रका खेलाडीसँग समान १५–१५ स्कोर भए पनि रेफ्री निर्णयको आधारमा स्तब्ध भएपछि सन्दीपा कास्य पदकमै सीमित भइन् ।
पुरुषको ८४ केजीको फाइटमा प्रतिस्पर्धा गरेका सन्दीप पनि आयोजकका खेलाडीसँग सेमिफाइनलमै पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया