एजेन्सी । लिभरपुलका मिडफिल्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डले युरो कप फुटबलको छनोट खेल गुमाउने भएका छन् ।
उनले ढाडको चोटका कारण दुई खेल गुमाउने भएका हुन् । इंग्ल्याण्डका मुख्य प्रशिक्षक ग्रेथ साउथगेटका अनुसार उनलाई शुरुवाती दुई खेलको प्लेइङ सेटबाट बाहिर राखेको बताए । २० वर्षे आर्नोल्डको चेक रिपब्लिक र मोन्टेनेग्रोसँगको दुई खेल गुमाउने भएका हुन् ।
‘चोटबाट केहि मुक्त भएपछि उनी खेल खेल्नको लागि सक्षम छैन’, साउथगेटले बताए । टिममा नपरेपछि हाल उनी लिभरपुलमा नै फर्किएका छन् । यहि शुक्रवार आफ्नो घरेलु मैदान वेम्ब्ले स्टेडियममा इंग्ल्याण्डले चेक रिपब्लिकसँग खेल खेल्दैछ ।
त्यस्तै सोमवार पोड्गोरिकामा मोन्टेनेग्रोविरुद्ध खेल खेल्ने तालिका रहेको छ ।
खेलाडीहरुको नामावली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया