एजेसी । न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डेनले हतियारहरुमा रोक लगाइने घोषणा गरेकी छन् ।
सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी हुन् ।
गएको शुक्रबार क्राइस्ट चर्च क्षेत्रका दुई मश्जिदमा एक व्यक्तिको गोली प्रहारबाट ५० जना मानिसको मृत्युभएपछि प्रधानमन्त्रीले सो घोषणा गरेकी हुन् ।
अर्ध स्वचालित हतियारहरु जुन शुक्रबारको आक्रमणमा प्रयोग भएका थिए त्यस्ता हतियार प्रयोगमा रोक लगाउने सम्बन्धी कानुन तत्कालै ल्याइने समेत उनको भनाई छ ।
उनले यस सम्बन्धी कानुन अप्रिल ११ सम्ममा आउने उल्लेख गर्दै अहिले बन्दुक बोक्ने जसले ती हतियार बुझाउन चाहन्छन् अहिलेबाटै बुझाउन आग्रह समेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया