साताको सेयर बजार : नेप्से १८ सय ४७ अंकमा, कतिको भयो कारोबार ?

लोकपथ
63
Shares

काठमाडौं । चाडपर्वसंगै केहीहदसम्म बजार चलायमान भएपनि सेयर बजार भने खासै चल्न सकेन । चाडपर्वको समय बजार चलायमान हुँदा यसको सकारात्मक असर सेयर बजारमा पनि पर्न सक्ने आँकलन गरिएको थियो । तर चाडपर्व सकिएपनि सेयर बजार भने पुरानौ अवस्थामा फर्किएको छ ।

दशैअघि जस्तै लगातार गिरावट आएको सेयर बजारमा दशैं पनि पनि सुधार आउन सकेन । सो अनुसार यो साता नेप्से १८ सय ४७ दशमलव ७० अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५७ दशमलव ७६ अंकमा खुम्चिन पुग्यो ।

सेयर बजार परिसुचक खुम्चिएसंगै यो साता कारोबार रकममा पनि गिरावट आएको छ । सातामा दुुई सय ९६ वटा कम्पनीहरुको दुई लाख १३ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ४९ लाख आठ हजार तीन २७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट यो साता कुल तीन अर्ब ७८ करोड ५१ लाख ९७ हजार आठ सय ८९ रुपैंयाँ १३ पैसा सेयर कारोबार भएको छ । नेप्सेका अनुसार यो कारोबार रकम गत साता अर्थात दशै बिदा हुनुअघिको भन्दा कम हो ।

दशैंबिदा अघि भने सेयर बजारमा दुुई सय ८९ वटा कम्पनीहरुको एक लाख ७२ हजार पाँच सय ९६ पटकको कारोबारमा एक करोड ६१ लाख ८९ हजार तीन सय दुई कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल चार अर्ब १६ करोड ७२ लाख ७६ हजार ४१ रुपैंयाँ ७५ पैसाको सेयर किनबेच भएको थियो । यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौंथो र पाँचौं दिन घटेको नेप्से दोस्रो दिन बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन २८ दशमलव १८ अंकले घटेर १८ सय ७५ दशमलव ६५ अंकमा खुम्चिन पुगेको नेप्से दोस्रो दिन भने तीन दशमलव शुन्य चार अंकले बढेर १८ सय ७८ दशमलव ७० अंकमा पुग्न सफल भएको थियो । तेस्र्रो दिन भने १४ दशमलव २९ अंकले घटेर १८ सय ६५ दशमलव ४० अंकमा सिमित हुन पुगेको नेप्से चौंथो दिन पुन पाँच दशमलव ८३ अंकले घटेर १८ सय ५८ दशमलव ५६ अंकमा खुम्चिएको थियो । पाँचौं दिन पनि नेप्से १० दशमलव ८६ अंकले घटेर १८ सय ४७ दशमलव ७० अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव १६ अंकले घटेर तीन सय ६१ दशमलव ९४ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव १८ अंकले बढेर तीन सय ६३ दशमलव १३ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने दुई दशमलव ३४ अंकले घटेर तीन सय ६० दशमलव ७८ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन शुन्य दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ९५ अंकमा सिमित भएको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स दुई दशमलव १९ अंकले घटेर तीन सय ५७ दशमलव ७६ अंकमा सिमित भएको थियो ।

यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?