काठमाडौं । बुद्ध एयरलाइन्सले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको उद्धार र राहतका लागि १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।
भूकम्पबाट प्रभावितहरुको उद्धार र राहतका लागि सहयोग गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बुद्ध एयरले भनेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ ज्ञ करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया