काठमाडौं । जाजरकोट रुकुमपश्चिम भूकम्प पीडितको उद्धार तथा राहतका लागि कोशी प्रदेश सरकारलेम १ करोड सहयोग गर्ने भएको छ ।
आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आवश्यक मानवीय सहयोग पठाइएको र सरकारका तर्फबाट उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सो रकम उपलब्ध गराउन लागिएको हो ।
मुख्यमन्त्री केदार कार्कीले विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएका हुन् । साथै प्राकृतिक प्रकोप तथा अन्य मानवीय व्यवस्थापनका क्षेत्रमा कोशी प्रदेश सरकारबाट आवश्यक समन्वय तथा सहकार्य निरन्तर रुपमा भइरहने विश्वास समेत व्यक्त गरेका छन् ।
त्यस्तै बागमती प्रदेश सरकारले पनि जाजरकोट रुकुम पश्चिम भूकम्प पीडितको उद्धार र राहतको लागि १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया