काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा १३ अर्ब रुपैयाँ भन्दा बढी खुद मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुले यही असोज मसान्तसम्ममा १३ अर्ब ४७ करोड २० लाख रुपैंयाँ खुद मुनाफा कमाएका हुन ।
बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा तीन अर्ब सात करोड रुपैंयाँले कम हो । अघिल्लो आवको सोही अवधिमा बाँणिज्य बैंकहरुको यस्तो नाफा १६ अर्ब ५५ करोड रुपंैंयाँ कम हो ।
चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र ग्लोवल आईएमई बैंकले कमाएका छन् भने सरकारी स्वामित्वको कृषि बिकास बैंकले खुद नोक्सानी बेहोरेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा नबिल बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैंैयाँ खुद मुनाफा कमाएको छ ।
ग्लोवल आईएमई बैंकले भने भने यस अवधिमा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कृषि बिकास बैंकले ८८ करोड ८० लाख ७१ हजार चार सय ६५ रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने नेपाल इन्भेष्टमेन्ट मेगाले एक अर्ब १४ करोड पाँच लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा नबिलले एक अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । यसैगरी ग्mलोवल आईएमईले एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा २२ करोड नौं लाख ५३ हजार एक सय ११ रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटा मध्ये १२ वटाको खुद मुनाफा घट्दा आठ वटाको नाफा भने बढेको छ । नाफा बढेका बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोवल आईएमई बैंक, प्राईम कर्मसियल बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनएमबी बैंक, स्टान्र्डड चार्टड बैंक परेका छन् । यस खुद मुनाफा घट्ने बैंकहरुमा भने सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, लक्ष्मी सनराईज बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल बैंक, नबिल बैंक आादि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया