इटालीमा अपहरणमा परेको ५१ जना बालबालिको उद्धार

एजेन्सी । इटालीमा अपहरणमा परेको ५१ जना बालबालिकालाई  प्रहरीले उद्धार गरेको छ । 

इटालियन प्रहरीले उनीहरुको उद्धार गरेको हो । 

विद्यालयको बसमा रहेका बालबालिकाहरुलाई सोही बसका चालकले अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

चालकले बसमा पेट्रोल छर्केर आगो लगाइ दिएका थिए। उनले भूमध्यसागरमा आप्रवासीहरुको मृत्यु भएको विषयमा विरोध गर्न सो अपहरण गरिएको बताइएको छ । अपहरण गर्ने सेनेगलबाट इटली आइ बसेका ४७ वर्षे ओस्सेनउ से रहेको प्रहरीको भनाई छ ।  उनले आप्रवासीहरु प्रति भइरहेको विभेदकाबारे ध्यानाकर्षण  गराउने भन्दै  सो कार्य गरेको बयान दिएको उल्लेख छ । 

अपहरणका क्रममा केही बालबालिकालाई चालकले डोरीले बांधेर राखेको बताइएको छ। एक जना बालकले प्रहरीलाई 'हेल्पलाइन' मा फोन गरी अपहरणबारे जानकारी दिएपछि प्रहरीले अपहरणको प्लटलाई विफल बनाउने सकेको सञ्चार माध्यमहरुले जनाएका छन्।

आगलागीका कारण केही बालबालिकालाई भने श्वास लिन गाह्रो भइरहेकोले उनीहरुलाई अस्पताल लगिएको छ। ५१ जना बालबालिकाहरु स्पोर्टस आउटिङबाट फर्किरहेका थिए।

 तस्वीर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?