सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६ दशमलब ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

बैंकको कूल चुक्ता पूँजीको आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३ सय २९ को दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख नौ हजार २ सय ४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

त्यस्तै बैंकले चुक्ता पूँजीको ४ दशमलब ५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८ सय ५ नगद लाभांश दिने निर्णय गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?