नेपालको पहिलो विकेट पतन, ६ रन जोडेर शेख भए आउट

लोकपथ
161
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपाल र ओमन भिड्दै छन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको टस जितेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट पतन भएको हो ।

नेपालका ओपनर आशिफ शेख पहिलो विकेटको रुपमा आउट भएका हुन् । आशिफले ५ बलमा ६ रन जोडे ।
नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?