नेपालको तेस्रो विकेट पतन, ३१ रन जोडेर भुर्तेल भए आउट

लोकपथ
105
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा  नेपाल र ओमन भिड्दै छन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको टस जितेर पहिले ब्याटिङ गरेको नेपालको तेस्रो विकेट पतन भएको हो ।

नेपालका दोस्रो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका हुन् । भुर्तेलले २२ बलमा ३१ रन जोडे । भुर्तेलले दुई छक्का र तीन चौका हाने । नेपालले ७ ओभरमा ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?