काठमाडौं । नेपाल चलचित्र ‘कागजपत्र’ भोलिदेखि प्रदर्शन हुने भएको छ ।
अपिल विष्टको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कागजपत्र’ चैत ८ गते (शुक्रवार)बाट अल नेपाल प्रदर्शन हुँदैछ ।
चलचित्रमा नक्कली विवाह गरेर अष्ट्रेलिया जाने नेपालीहरूको कथालाई प्रस्तुत गरिएको छ ।
ईपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुति रहने यो चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रको निर्माण खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले गरेका हुन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह– निर्माता रहेका छन् ।
चलचित्रको कार्यकारी निर्माता सुरज अधिकारी हुन् ।
चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा आदि कलाकारको अभिनय छ ।
वसन्त सापकोटा र हर्कुलेस बस्नेतको संगीत रहेको यो चलचित्रमा क्यासमिर डिक्सनको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया