राष्ट्र बैंकद्वारा : पुन: २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बिक्री आह्वान

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको लागि बिक्री आह्वान गरेको छ । भोलि सोमबार अपरान्ह दुई बजेसम्म बिक्री गर्नै गरी राष्ट्र बैंकले उक्त आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति कात्र्तिक २१ गते तोकिएको छ । ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल टे«जरी अन्र्तगत ९१ दिने अवधिको १२ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०८० माघ २३ गते र २०८१ बैशाख २५ गते तोकिएका छन् । यि सबै ट्रेजरीहरु बिलहरु पुरानो नविकरण अन्र्तगतका हुन । यसअघि यही कात्र्तिक १३ गते पनि २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?