काठमाडौं । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार बिहीवार पनि करिब सात अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलब ८६ विन्दुले घटेर एक हजार १ सय ४० दशमलब ६० विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ५२ विन्दुले घटेर २ सय ४२ दशमलब ४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीवार कूल १ सय ७१ कम्पनीको नौ लाख ४७ हजार ७ सय २६ कित्ता शेयर २७ करोड २४ लाख ९४ हजार ५ सय ६५ मूल्यमा खरीद बिक्री भएका छन् ।
कारोवार भएका ११ उपसमूहमध्ये बिहीवार चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १ दशमलब ०३, विकास बैंक २ दशमलब ७६, उत्पादन १ दशमलब १६ र अन्य उपसमूह ० दशमलब ७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७ दशमलब १९, व्यापार २ दशमलब ७९, जलविद्युत् ५ दशमलब १८, वित्त १ दशमलब ३७, निर्जीवन बीमा ६९ दशमलब १८, लघुवित्त १० दशमलब ४६ र जीवन बीमा ६१ दशमलब ७६ विन्दुले घटेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड चार लाख ४२ हजार ९ सय ७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८ सय ८०, सिटिजन बैंकको ९६ लाख ८७ हजार ६ सय ३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको ९३ लाख ६५ हजार ४ सय ३१, एनआइसी एशिया बैंकको ८८ लाख सात हजार ८७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब ९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३ दशमलब ६५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३ दशमलब ५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलब ७८ प्रतिशतले कमाएका छन् ।
यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलब ७४, उन्नति लघुवित्त वित्तीय संस्था ५ दशमलब ४३, किसान लघुवित्त वित्तीय संस्था ५ दशमलब २०, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलब ६८ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया