काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् ।
यही चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षतामा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिहीवार दिउँसो पत्रकार सम्मेलनल गर्नै सरकारका प्रवक्त एवं सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बैठकको निर्णय सार्वजनिक गर्दै सो बारे जानकारी दिएका हुन् ।
भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् ।
उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि चलचित्र निर्माण गरेका छन् भने पछिल्लो पटक निर्माण गरिएको चलचित्र ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ ।
निकिता पौडेलले बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया