काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले जाजरकोट–रुकुमपश्चिम लगायत जिल्लाका भूकम्प पीडितको उद्धार र राहतको लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले निर्णय गरेको हो ।
त्यस्तै राहत र पुनःनिर्माणका लागि प्रदेश तथा मातहतका कमिटीलाई परिचालनको जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।
शुक्रबार राति जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण ठूलो धनजनको क्षती भएको छ । हालसम्म १५७ जनाको निधन भएको छ भने २५६ जना घाइते भएका छन् ।
यता सत्तारुढ दल नेपाली कांग्रेसले ५० लाख दिने निर्णय गरेको छ भने अन्य राजनीतिक दलसहित विभिन्न संस्थाहरुले पनि सहयोग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया