काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको नायब कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त गरेको छ ।
आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमका नियुक्त गर्ने निर्णय गरेको हो । दुइ दशक भन्दा लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
पोखरेलले यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहि कार्यसम्पादन गरिसकेका छन् ।
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका पोखरेल वित्तीय संस्थाहरुको दीर्घकालिन व्यवसायीक योजना, रणनीति तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया