काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल बिहीवारदेखि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन् ।
मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमका अनुसार गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै मन्त्री पोखरेलको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यस लगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले भर्ना हुन सल्लाह दिएका थिए । प्रमुख सल्ला
हकार गौतमले भने, ‘चिकित्सकले भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ, उहँँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’
मन्त्री पोखरेलले सुगरका विरामी हुन् उनले सुगरको औषधि सेवन गर्दै आएका थिए ।
तर, पछिल्लो कहि दिनदेखि मन्त्री पोखरेलमा फुड प्वाइजनको समस्या देखिएको थियो ।
बिहविार पाटन अस्पताल भर्ना भएको मन्त्री पोखरेललाई शुक्रवार बिहान डिस्चार्ज गर्ने तयारी भएको थियो । तर, बिहीवार रातिदेखि उनको स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकले तत्कार डिस्चार्ड नगर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया