साफ महिला फुटबल फाइनल : कसले मार्ला बाजी ?

विराटनगर । पाँचौ संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतको सामना गर्दैछ । 

शहिद रंगशालामा आज हुने फाइनल खेलमा नेपाल भारतलाई पराजित गर्दै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । यी दुई टिमबीचको खेल दिउँसो ३ बजे पछि शुरु हुनेछ ।

यसअघिको तीन संस्करणको फाइनलमा नेपाल फाइनलमा भारतसँग स्तब्ध हुँदै उपाधि जित्नबाट वञ्चित हुँदै आइरहेको थियो । घरेलु मैदानमा हुने साफ फुटबलमा नेपाललाई यो पटक उपाधि जित्ने मौका समेत रहेको छ भने हारको बदला लिने अवसर पनि रहेको छ ।

पछिल्लो संस्करणको साफमा भने नेपाल भारतसँग सेमिफाइनलमा पराजित भएको थियो । नेपाल भारत अहिलेसम्म १० पटक आमने-सामने भइसकेका छन् । तर, नेपालविरुद्ध भारतले नै जित निकाल्दै आइरहेको छ ।

१० पटकको भेटमा भारतले ७ पटक खेल आफ्नो पक्षमा पारेको छ भने दुई खेलमा बराबरी गरेको छ । तर, हिरो कप फुटबलमा भने नेपालले भारतलाई पराजित गरेको थियो । सन् २०२० मा हुने ओलम्पिक छनोटमा खेलमा भने नेपाल र भारतले एक-एक गोलको बराबरी खेलेको थियो । 

यता फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?