काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि नै जाजरकोट भूकम्प पीडितका लागि सो रकम घोषणा गरेको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५१ लाख बराबरको चेक हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशनकुमार न्यौपानेले प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
गत कात्र्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।
विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा बैंकले श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया