एएफसी यू-२३ फुटबल छनोट : नेपाल र ओमन भिड्दै

काठमाडौं । एएफसी यू-२३ फुटबल छनोटको पहिलो खेलमा नेपालले आ ‘बुधवार’ ओमानको सामना गर्दैछ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने खेलमा नेपाल शतप्रतिशत जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । यी दुई टिमबीचको खेल नेपाली समयानुसार बलेुकी पौने आठ बजेपछि खेल शुरु हुनेछ । ओमान खेल अवधिभर दवावमा राख्दै सकारात्मक नजिता निकाल्ने नेपालको लक्ष्य रहेको छ । 

यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलियो टिमविरुद्धको खेलमा दवावरहित नतिजा ल्याउने बताएका थिए । 

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ भने ओमान ९० औँ स्थानमा रहेको छ । यू–२३ उमेर समूहमा नेपाल र ओमान भने पहिलो पटक भिड्न लागेका हुन् । 

छनोट अन्तर्गत नेपालले दोस्रो खेल यहि मार्च २४ मा तारिखमा आयोजक कतार र अन्तिम खेलमा मार्च २६ मा अफगानिस्तानसँग खेल्ने खेल तालिका रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?