दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू हुने

लोकपथ
63
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा बसेको बैठकले पछिल्ला दिनमा बढ्दै गएको प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

बैठकपछि पर्यावरणमन्त्री गोपाल रायले दिएको जानकारी अनुसार राजधानी दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिने छ । जसअनुसार जोर तारिखको दिन जोर नम्बर भएका सवारी साधन र बिजोर तारिखका दिन बिजोर नम्भर भएका सवारी साधन सञ्चालन हुनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?