विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंका सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त

लोकपथ
847
Shares

काठमाडौं । श्रीलंका क्रिकेट बोर्ड बर्खास्त गरिएको छ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंका सरकारले श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गरेको हो ।

श्रीलंकाले बिहीबार भारतको सामना गरेको थियो, जसमा श्रीलंका भारतसँग ३०२ रनले पराजित भएको थियो । भारतसँग पराजित भएसँगै श्रीलंकाको खेलकुद मन्त्रालयले क्रिकेट बोर्डको कार्यसमितिलाई बर्खास्त गरेको हो ।

कार्यसमितिलाई बर्खास्त गरेपछि त्यसको ठाउँमा नयाँ अन्तरिम समिति गठन गरिएको छ । पूर्वकप्तान अर्जुना रानाटुंगाको नेतृत्वमा नयाँ अन्तरिम समिति गठन गरिएको छ ।

जारी विश्वकपमा श्रीलंकाले सात खेल खेल्दा दुई खेलमा मात्र जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?