एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप फुटबलको छनोटमा खेलमा नेदरल्याण्ड्स विजयी भएको छ ।
बिहीवार राति सम्पन्न भएको समूह ‘सी’को खेलमा नेदरल्याण्ड्सले बेलारुषलाई ४-० गोल अन्तरले पराजित ग-यो । खेल शुरु भएको एक मिनेटमा नै नेदरल्याड्सका मेम्फिस डिपेले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै २१ औँ मिनेटमा जेर्जिनिओ विज्नलडुमले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए । पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको नेदरल्याण्ड्सका लागि ५५ औँ मिेनटमा डिपेले पेनाल्टीमार्फत गोल गरे ।
एक पक्षिय रहेको खेलको ८६ औँ मिनेटमा भर्जल भान डाइकले गोल गरेपछि बेलारुष स्तब्ध बनेको थियो । जितपछि बेल्जियमले पनि ३ अंक जोडेको छ ।
त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा काजकिस्तानले स्कटल्याण्डलाई ३-० गोल अन्तरले, नर्दन आयरल्याण्डले इस्टोनियालाई २-० गोल अन्तरले, क्रोशियाले अजरबैजानलाई २-१ गोल अन्तरले तथा स्लोभाकियाले हंगेरीलाई २-० गोल अन्तरले पराजित ग-यो ।
यता पोल्याण्डले अस्ट्रियालाई १-० गोलले, बेल्जियमले रसियालाई २-१ गोल अन्तरले, साइप्रसले सान मरिनोलाई ५-० गोलले तथा माकेडोनियाले लात्भियालाई ३-१ गोलले हरायो । यता इजरायल र स्लोभेनियाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया