विराटनगर । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ कोआज ‘शुक्रवार’ भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही एक लाख प्रदान गर्ने निर्णय भएको छ ।
फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच शुक्रवार अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसको छन् ।
प्रतियोगिता विराटनगरको शहिद रंगशालामा हुनेछ । यसैबीच साफ फुटबलको समापन प्रदेश एकका मुख्यमन्त्री शेरधन राई गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया