काठमाडौं । बुल्गेरियाको आकाश एका एक रातो भएको छ । यो घटना आइतबार साँझको हो जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यसप्रति मानिसहरूले विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन्, कसैले यसलाई डरलाग्दो र विनाशकारी भनेका छन् भने कोही यस प्राकृतिक घटनाको सौन्दर्यबाट मोहित भएका छन् ।
मिडिया रिपोर्टका अनुसार अरोरा बोरेलिसको यो घटना बुल्गेरियाका साथै रोमानिया, हंगेरी, चेक रिपब्लिक र युक्रेनको आकाशमा पनि देखिन्थ्यो। अरोरा बोरेलिसको घटना शनिबार पोल्याण्ड र स्लोभाकियाको आकाशमा पनि देखिएको थियो ।
के हो अरोरा बोरेलिस ?
अरोरा बोरेलिसको घटनाले हजारौं वर्षदेखि मानिसलाई चकित पार्दै आएको छ। अरोरा बोरेलिस प्रकाशको तरंगहरू हुन् जुन सूर्यबाट आउने ऊर्जा कणहरूद्वारा सिर्जना हुन्छ । वास्तवमा यी ऊर्जा कणहरू ४ करोड ५० लाख माइल प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आउँछन् तर पृथ्वीको चुम्बकीय क्षेत्रका कारण पृथ्वीसम्म पुग्न नसक्दा चुम्बकीय क्षेत्रको प्रभावले सूर्यबाट आउने ऊर्जाका कणहरू सर्छन् । यस सम्पूर्ण प्रक्रियामा, आकाशीय घटना हुन्छ जसको कारण आकाश विभिन्न रंगहरूमा चम्किन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया