होली खेल्न निस्किएकी बालिकाको बलत्कारपछि हत्या

नयाँदिल्ली । भारतको तेलङ्गनामा बिहीवार होली खेल्न निस्किएकी ६ वर्षीय बालिकाको बलत्कारपछि हत्या भएको आशंका गरिएको छ । 

दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरी बिहीवार होली खेल्न घरबाट निस्किएकी थिइन् । 

उता द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको शव काटिएको अवस्थामा झाडीमा फेला परेको थियो । 

बालिकाको बलत्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । बिहारका एक किशोरले नसाको शुरमा बालिकाको बलात्कार गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?