काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख हस्तान्तरण गरेको छ ।
कम्पनीबाट बाट २०७८/०७/२९ मा ५० लाख बराबरको बिमालेख खरिद गरेका प्रदिप ज्ञवालीको २०८०/०१/२४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २०८०/०७/१९ मा मृतककी आमा टिका कुमारी घिमिरेलाई एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।
उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लिलाधर कँडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया