एकीकृत समाजवादीले भूकम्प पीडितको लागि उपलब्ध गरायो २५ लाख

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट भूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि घोषित रकम उपलब्ध गराएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर पार्टी अध्यक्ष माधवकुमारसहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

जाजरकोट भूकम्पका पीडितहरुलाई सहयोगका लागि विभिन्न राजनीतिक दलहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग उपलब्ध गराइरहेका छन् । सो क्रममा एकीकृत समाजवादीले पनि यसअघि घोषणा गरेको रकम उपलब्ध गराएको हो ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडाँ केन्द्रबिन्दू भएर ६ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूूकम्पमा परी ठूलो धनजनको क्षती भएको छ । त्यसपछि पटकपटक पराकम्पहरु गइरहेका छन् जसको कारण त्यहाँको जनजीवन प्रभावित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?