विप्लव समूहको आपराधिक गतिविधि रोक्न खोज्दा विरोध गरिनु आश्चर्य : प्रधानमन्त्री ओली

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले  हिंसात्मक गतिविधि त्यागेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् । 

विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका हुन् । 

शुक्रवार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । विप्लव समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताउँदै उनले भने सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको बताए । 

पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।” 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहनुभएका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए । उहाँ आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही आएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?