प्रदेश ३ को हिउँदे अधिवेशन आइतवारदेखि

हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे (बजेट) चलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?