चर्चित महिलाका गुमनाम श्रीमान्

भनिन्छ कि, ‘हरेक श्रीमान्को सफलताको पछाडी एक असल श्रीमतीको हात हुन्छ ।’ यो भनाइ कतै श्रीमतीलाई मख्ख पार्न मात्र त भनिएको होइन? के यो भनाइ श्रीमती हितमा पनि होला त ?
के कुनै पनि श्रीमती चाहिँ सफल हुन नै नचाहाने हो र ?

पक्कै पनि होइन होला ! त्यसैले हरेक श्रीमती को सफलताको पछाडी एक असल श्रीमान्को हात हुन्छ ।

 विश्वमा त्यस्ता धेरे श्रीमान्हरु छन् जो आफ्नो श्रीमतिको मेरुदण्ड बनेका छन् । श्रीमान्को सहयोग र हौसलाका कारण ति महिला सफलताको उचाई चुम्न सफल छन्  । 

यी हुन् केही उदाहरणः 

दुर्गा प्रसाद सुवेदी : 
दुर्गा प्रसाद सुवेदी सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश तथा प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीका श्रीमान् हुन् । सुवेदीसंग कार्कीको भेट अध्ययनको क्रममा भारतको बनारसमा भएको थियो । दुर्गा सुवेदी त्यतीबेलाका चर्चित नेपाली कांग्रेसका युवा नेता हुन्  । कार्की न्यायपालिकामा भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुताको लागि परिचित छिन् ।

फिलिप मे : 
फिलिप मे ब्रिटेनकी पहिलो महिला प्रधानमन्त्रीका श्रीमान् हुन् । फिलिप जोन मे ब्रिटिश लगानी सम्बन्धी प्रबन्धक र संयुक्त अधिराज्यको वर्तमान प्रधानमन्त्री थेरेसा मेरी मेको श्रीमान्  हुन् । फिलिप मेलले वित्त पोषणमा आफ्नो क्यारियर बनाउनु भन्दा अघि कन्जर्वेटिभ पार्टीका अध्यक्षको रुपमा काम गरेका थिए । राजनीतिलाई निरन्तरता दिएनन् तर थेरेसा मे भने ब्रिटेनकी पहिलो महिला प्रधानमन्त्री हुन् । फिलिप खासै सामान्यतया साक्षात्कार वा सार्वजनिक कार्यक्रममा देखिदैनन् । तर उनले २०१७ को निर्वाचनको बेलामा थेरेसालाई सहयोग गरेका थिए । 

जोआकिम स्वयर :
जोआकिम स्वायर एक जर्मन क्वांटम रसायनज्ञ र बर्लिन हम्बल्ड विश्वविद्यालयको प्रोफेसर हुन् भने उनी जर्मन चान्सलर एन्जेला मर्केलका श्रीमान्  हुन् । उनी फ्रिडे स्प्रिंगर फाउण्डेसनको ट्रस्टसेर्सको पूर्व जर्मनीका राष्ट्रपति होर्स्ट कोहोलसंगको सात सदस्य मध्ये एक सदस्य हुन् । उनी क्वांटम रसायन विज्ञान र कम्प्यूटेशनल रसायन विज्ञानमा एक सक्रिय अनुसन्धान वैज्ञानिक हुन् । सन् १९९८ मा उनले एन्जेला मर्केलसंग विवाह गरे । यो दुवै जनाको दोस्रो विवाह हो । 

डेनिस ट्रोपर : 
डेनिस ट्रोपर गुगलको उत्पादन व्यवस्थापन निर्देशक हुन् । उनी युट्यूवकी सीईओ सुसान वोजिकिका श्रीमान् हुन् । डेनिस र सुसानले सन् १९९८ मा क्यालिफोर्नियामा विवाह गरेका थिए । यस जोडीले पाँच जना बच्चाहरु छन् र तिनीहरूको बारेमा कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन । तर श्रीमान्को साथ र हौसलाका कारण उनी सफल भएकी हुन् । 

विल क्लिन्टन : 
विल क्लिन्टनको रुपमा चिनिने विलियम जेफरसन क्लिन्टन संयुक्त राज्य अमेरिकाको ४२ औं राष्ट्रपति हुन् । डेमोक्रयाटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको पति हुन्  । उनी अमेरिकाको तेस्रो सबैभन्दा सानो उमेरको राष्ट्रपति थिए । 

रवर्ट वाड्रा : 
रवर्ट वाड्रा एक भारतीय व्यापारी हुन् । उनी भारतीय राजनीतिज्ञ प्रियंका गान्धीका श्रीमान्  हुन् । प्रियंका गान्धी राजीव गान्धी÷सोनिया गान्धीको छोरी ,राहुल गान्धीको बहिनी र इन्दिरा गान्धीको नातिनी हुन् । रवर्ट वाड्राले प्रियंका गान्धीलाई १३ वर्षको उमेरमा भेटेका थिए भने उनीहरुले सन् ११९७ मा विवाह गरे । विवाह गान्धी निवासमा केवल एक सय ५० जना अतिथिहरुको सहभागितामा भएको थियो । उनीहरुको दुई छोराछोरी छन् ।

विनोद मानन्धर : 
विनोद मानन्धर सफल अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् हुन् । करिश्मा सफल हुनुमा जति उनको सौन्दर्यता पहिलो नम्बरमा आउँछ । त्यसको पछाडी उनका श्रीमान्  विनोद मानन्धरको नाम छुटाउन मिल्दैन । गसिप र र्युमरको यो क्षेत्रमा उनका पतिले विभिन्न कन्ट्रोभर्सीलाई वेवास्ता गर्दै सधै श्रीमतीलाई सहयोग गरिरहेका छन् ।श्रीमतीको काँधको जिम्मेवारी श्रीमान् आफुले पनि अलिकति लिएर दुबै एक अर्काको सफलता को परिपूरक भै अगाडि बढ्नु सफल मानिन्छ । 

त्यसै पनि भनिन्छ, “नारी र पुरुष एक रथका दुई पाङग्रा वा एक सिक्काका दुई पाटा हुन् ।”__सबै तस्वीर गुगलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?