काठमाडौं । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विक हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत थिए । यसअघि डेढ वर्ष रोल्पामा राहत शिक्षकको रुपमा कार्यरत थिए ।
अख्तियारका अनुसार २०६८ असोज ११ मा भैरहवा भन्सार कार्यालयका अधिकृतमा विक नियुक्त भएका थिए ।
अख्तियारले जाँचबुझ गरेको अवधि मंसिरसम्ममा उनको सम्पत्ति ३ करोड १० लाख ३० हजार ७ सय २४ रुपैयाँ पाइएको छ ।
अख्तियारका अनुसार १ करोड २७ लाख ६६ हजार ९ सय ४५ रुपैयाँको स्रोत खुलेको छ भने करिब १ करोड ८२ लाख ६७ हजार ७ सय ७९ को भने स्रोत खुलेको छैन ।
स्रोत नखुलेको उक्त रकम जफत गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले मानप्रसाद विक र उनकी पत्नी आइतमालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया