कसैले उपचारको अभावमा ज्यान गुमाउनु पर्दैनः प्रधनमन्त्री ओली

कपिल अधिकारी बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा सरकारी स्तरको मेडीकल कलेजको परियोजनाको उद्घाटन गरेका छन् । शुक्रवार एक कार्यक्रमका विच प्रधामन्त्री ओलीले बुटवल मेडियकल कलेज परियोजना कायान्वयन एकाईको कार्यालयसँगै परियोजानको शुभारम्भ गरेका हुन् ।

सुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री  केपी शर्मा ओलीले अव उपचारको अभावका कुनै पनि व्याक्तिले ज्यान गुमाउनुपर्ने दिन गएको बताएका छन् । सरकार विकासको मुल धारमा प्रवेश गरेको भन्दै उनले प्रादेशिक अस्पतालनिर्माणे अभियान थालनी गरिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको अवधारणा अनुसार नै सरकारकोपरिकल्पनामा  एउटा प्रदेशमा एउटा सरकारी स्तरको मेडिकल कलेज बनाउने योजना अनुरुप नै मेडिकल कलेजको कार्य शुभारम्भ गरिएको बताएका थिए ।

आहार विहार स्वथ्य भएमा मात्रै मानिस स्वथ्य हुने भन्दै प्रम ओलीले थकाई मार्ने गरी सरकारको काम गरको बताए ।उनले भोक लाग्ने गरी, थकाई लाग्ने गरी कार्य गरिएको भन्दै यसले स्वाथ्यमा ठोस समस्या नभएको समेत बताए ।

प्रभावकारी रुपमा बैज्ञानिक ढंगबाट नै उपचार गर्ने गरी प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना भई सञ्चालन हुने मा विस्वत हुन आग्रह गरे ।  उनले १२ वर्ष पहिला आफ्नो मृगौलाको फेल भएर उपचार गरिएको प्रसंघ निकाल्ने भने –‘प्रभावकारी उपचार नभएको भए मेरो अहिले १२ औ पुण्य तिथि भइसक्त्यो, तर मागेर राखेको, सापट ल्याएको मृगौला आज प्रधानमन्त्री समेत भइसक्यो । ’

अहिलेको समय विज्ञानले प्रगती उन्नती गरेको युग भएको कारण यसमा सरकार पनि सोही प्रकृतिले लागिपरेको बताएका थिए ।

कार्यक्रममा पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संसाद विष्णु प्रसाद पौडेलले विकास लहरको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री बाट उद्घाटन भएको कार्यालय र मेडिकल परियोजना  प्रधानमन्त्रीको यहि कार्यकालमा नै पुरा हुने  धारणा राखे ।  उनले भने–  ‘यहि सरकारको पालामा नै यो मेडीकल कजेज सञ्चालनमा आउछ, उद्घाटनको लागि आजै नै प्रधानमन्त्री ज्युको समय बुकिङ्ग गर्न चाहान्छौ ।’

कार्यक्रमा विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका सचिव डा. खगराज शर्मा ले समयमा नै परियोजना पुरा हुने बताएका थिए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले केन्द्र सरकारले  तिलोत्तमममा प्रादेशीक मेडिकल कलेज सञ्चालनको लागि गरेको अभियानको साथमा जहिले पनि रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?