बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा पुरुष पक्राउ

सप्तरी । सप्तकोशी नगरपालिकामा ४ वर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नागरपालिका १ बस्ने ४ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा सोही स्थान बस्ने ३८ वर्षीय दिपक भुजेललाई प्रहरी बिहीवार प्रक्राउ परेको हो ।

पक्राउ परेका भुजेलले बालिकाको गुप्ताङ्गलगायत सम्वेदनशील अंगहरुमा जबरजस्ती चलाइ घाइते बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी फत्तेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

घाइते बालिकाको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?