नेपालको यू-१९ क्रिकेट टिम अभ्यास खेलमा पराजित

काठमाडौं । नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । 

भारत भ्रमणमा रहेको नेपाली टिम अभ्यास खेलमा आन्ध्र प्रदेशको यू-१९ टिमसँग ७२ रनले पराजित भएको हो ।  २ सय ९० रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालको पारी ४५ दशमलब २ ओभरमा मात्र २ सय १७ रनमा समेटिएको थियो ।

 नेपालका लागि पवन सरार्फले सर्वाधिक ३५ रनको योगदान दिए ।  तयस्तै राशिद खानले नटआउट ३४ रन, कुसल मल्लले ३० रन, आसिफ शेखले २५, अभिषेक बस्नेतले २३ रन, रित गौतमले २१ रन तथा लोकेश बमले १६ रन जोडेका थिए । 

यसअघि पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ दशमलब ३ ओभरमा २ सय ८९ रनको योगफल तयार पारेको थियो ।  यसअघि भएको पहिलो अभ्यास खेलमा भने नेपालले आन्ध्र प्रदेशलाई ६२ रनले पराजित गरेको थियो । 

आईसीसी यू-१९ विश्वकप क्रिकेटको एशिया छनोटको तयारीमा रहेको नेपाली टिमले भारतमा अभ्यास खेल खेलिरहेको छ । आगामी अप्रिल दोस्रो साताबाट शुरु हुने एशिया छनोटको खेलमा नेपालसहित ६ टोलीले सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?