काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको राखेपको बैठकले खेलाडी र कोचिङ स्टाफलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको सदस्य सचिव घिसिङले जानकारी दिए ।
आईसीसी टी-२० विश्वकप एसिया फाइनलको शीर्ष दुईमा रहँदै नपालले टी-२० विश्वकपमा स्थान बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया