काठमाडौं । दैनिक रुपमा अगायत्री मन्त्री उच्चारण गर्दा दिमाग तेज हुने वैज्ञानिकहरुले जनाएका छन् ।
यम्स (अल इण्डिया इन्स्टिच्युट अफ मेडिक साइन्स) र आइआइटी (इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी)का डाक्टर र वैज्ञनिकहरु सन् १९९८ देखि गायत्री मन्त्रको औचित्यतामाथि शुरु गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।
‘मानव दिमागको क्षमता असिमित हुन्छ, यदि नियमपूर्वक प्रत्यक दिनकेही समय छुट्याएर गायत्री मन्त्रको उच्चारण गर्ने हो भने, दिमानगको उक्त असिमित भनिएको क्षमता अभिवृद्धि हुने तथ्य उक्त अनुसन्धनमा पाइएको वैज्ञानिकहरुको भनाइ छ ।
अनुसन्धानको पूर्णपाठ:-
गायत्री मन्त्रको बैज्ञानिक अध्यन गरियो । दैनिक रुपमा गायत्री मन्त्र जप्नेको दिमाग तेज भएको पाइयो।
यम्स(अल ईन्डिया ईन्स्टिच्युट अफ मेडिकल साईन्स) र आइआइटी (ईन्डियन ईन्स्टिच्युटअफ टेक्नोलोजी)का डाक्टर र बैज्ञानिकहरु मिलेर 1998 देखि गायत्री मन्त्र को औचित्यता माथी अध्यन सुरु गरेका थिए । मानव दिमागको क्षमता असिमित हुन्छ भनिन्छ । यदि नियमपुर्बक प्रत्यक दिन केही समय छुट्टाएर गायत्री मन्त्रको उच्चारण गर्ने हो भने, दिमागको उक्त असिमित भनिएको क्षमता अभिबृद्धि हुने तथ्य उक्त अनुसन्धनमा पाइयो ।
उक्त अनुसन्धानमा बैज्ञानिकहरुले पच्चिस देखि तीस बर्ष उमेर समुहका पुरुषहरूलाई बराबर दुई समुहमा बिभाजन गरि एउटा समुहलाइ प्रत्यक दिन बिहान 108 पटक गायत्री मन्त्र आफ्नो मनमा उच्चारण गर्न भनेका थिए । अनि अर्को समुहलाइ मन्त्र उच्चारण नगरिकन बस्न भनिएको थियो । यसरी उनिहरुलाई एकै साथमा राखियो र नौ महिना सम्म लगातार प्रयोग गरियो र प्राप्त तथ्यांकलाई पाँच बर्ष सम्म अध्यन गरिएको थियो । बैज्ञानिकहरुले अनुसन्धानका क्रममा लगातार पाँच हप्ता सम्म एमआरआइ , मार्फत ती ब्यक्तीहरुको दिमागको सक्रियता परिक्षण गरेका थिए । मानिसको दिमागको अगाडिको भाग अर्बिटोफ्रन्टल कर्टेक्स ले विभिन्न योजना बनाउने , समस्या समाधान गर्ने र बिबेकी हुने काम गर्दछ । उक्त अध्यनमा ती ब्यक्तिहरुलाइ दुइ वटा समुहमा बिभाजन गरि दिमागको उक्त भागको एमआरआइ द्वारा सूक्ष्म अध्यन गर्दा गायत्री मन्त्र जप गर्ने समुहका ब्यक्तिहरुको दिमागमा मानव खुसी हुदा उत्पन्न हुने केमिकल तिब्र रुपमा वृद्धि भएको पाइयो । त्यस्तै एउटा गाबा भन्ने केमिकलको कमि भएमा मानिस डिप्रेसन ,अनिन्द्रा जस्ता समस्या बाट ग्रसित हुन पुग्दछ । गायत्री मन्त्रको उच्चारण गर्ने ब्यक्तिहरुमा उक्त गाबा नामक केमिकलका सथसाथै दिमागको सक्रियता बढाउने केमिकलको मात्रा पनि तिब्र रुपमा बढेको पाइयो । एम्समा बीस , एक्काईस बर्ष देखि गायत्री मन्त्रमा रिसर्च भैरहेको छ । उनिहरुको रिसर्च पेपरमा एमआरआइ टेस्टको ग्राफ खिचिएको छ। पेपरमा उल्लिखित ब्रेन एक्टिभिटीको ग्राफ हेर्दा गायत्री मन्त्र उच्चारण गर्नेहरुको दिमागी तरङ्गमा बिशेष प्रकारको एकाग्रता देखियो । अनि गायत्री मन्त्र उच्चारण नगर्ने समुहको दिमागको ग्राफ हेर्दा भने पहिलेकै जस्तो अस्थिर अवस्थामानै थियो , कुनै सकारात्मक परिवर्तन देखिएन ।
गाएत्री मन्त्रको उच्चारण गरेर हेर्नुहोस दिमाग शान्त भएको महसुस गर्नुहुनेछ । यो महसुस बिना अर्थ भएको होइन । यसको पछाडी ठुलो बैज्ञानिक कारण छ । योग , ध्यान , भजन , मन्त्र उच्चारण आदि गर्दा शरीर तथा दिमागको निस्चित-निस्चित भागमा रगतको प्रवाह बढ्ने गर्दछ । जसले गर्दा दिमागको सोच्ने , बुझ्ने , निर्णय लिने आदि सम्पुर्ण क्षमता अभिबृद्दी हुने गर्दछ । अर्थात गायत्री मन्त्रको दैनिक केही समय उच्चारण गर्नाले दिमागमा सकारात्मक परिवर्तन आउने निस्कर्स उक्त रिसर्चले देखाएको छ ।
तपाइले गर्ने हरेक क्रियाकलाप जसले तपाइको सरिरमा सिम्पेथेटिक एक्टिभिटी घटाउदछ र पारासिम्पेथेटिक एक्टिभिटी बढाउछ भने तपाईं पुन: स्वस्थकर अवस्थामा स्वत: पुग्न सम्भव छ । अर्थात त्यस्तो काम वा सोचाइ जसले तपाइको मुटुको चाल घटाउछ , तपाइको स्वासप्रस्वासको गति बढ्न दिदैन र तपाइलाइ तपाइकै चेतनाको स्तर तर्फ ध्यानाकर्षण गराउछ भने अब यो अवस्थामा तपाइले आफ्नो शरीर सङ्ग जुन औषधि माग्नुहुन्छ त्यो तपाइको शरिर भित्र नै उत्पादन हुन सम्भव छ भनेर हाम्रा महान बैज्ञानिक ऋषिमुनिहरुले भन्नूभएको छ । यसैलाइ डाक्टरहरु पारासिम्पेथेटिक स्टेट अफ माइन्ड भन्छन। योग , ध्यान ,गायत्री मन्त्रको जप आदि गर्नाले मानिस चेतनाको चौथो स्तर सम्म पुग्न सक्दछ । चेतनाको स्तर बढ्नु अथवा बुद्ध हुनु भनेको के हो भन्दा एउटा काम गरिरहदा दिमागमा अर्को कुनै पनि कुरा नचल्नु हो । हामि पनि कहिलेकही बुद्ध बनेका हुन्छौ । तर हामी त्यो बुद्धत्व सधैभरिको लागि यथावत राख्न सकिरहेका हुदैनौ । तपाइले कुनै बिद्यार्थी देख्नु भएको छ होला जो पढ्न बस्यो भने अन्यत्र बाट ध्यान हटाएर सम्पुर्ण ध्यान किताबमा केन्द्रीत गर्दछ । दायाँ बायाँ अन्य ब्यक्ती कोआयो, को गयो , कस्ले के भन्यो, केही थाहा पाउदैन । उसको अगाडि टिभि चलिरहेको हुन्छ तर उसले केही पनि थाहापत्तो नै पाउदैन । त्यो बिद्यार्थी एकछिनको लागि भएपनी बुद्ध बनेको थियो। अर्को उदाहरण ; मानौ तपाइले आफुलाइ ज्यादै मनपर्ने फिल्म हेर्दै हुनुहुन्छ । यदि त्यो समय तपाइको ध्यान त्यो फिल्म बाहेक अन्त कतै जादैन भने , दिमागमा अरु कुनै बाहिरी योजना चल्दैन र तपाईं र त्यो फिल्म दुई फरक चिज नभै अब एक बनिसक्नु भएको छ, भने तपाईं पनि तीन घन्टाको लागि बुद्ध बन्नुभएको थियो । तपाईं पुर्ण जागरुक र एकाग्र हुनुभएको थियो । यो जागरुकता र एकाग्रता जिवनको हरेक मोडहरुमा जसले अपनाउन सक्छ त्यसलाइनै बुद्ध भनिन्छ । तर एक दुई % मानिसले मात्र यो चेतना जिवनको हरेक क्षणमा जागृत गराउन सकेका हुन्छन । त्यस्ता महान आत्मा आज शिव भनेर पुजिन्छन , जिसस क्राइस्ट भनेर प्रार्थना गरिन्छन , कृष्ण भनेर अनुसरण गरिन्छन, ओशो भनेर चिनिन्छन, नानकदेव भनेर सम्मान गरिन्छन , बिबेकानन्द भनेर पढिन्छ्न , अनि बुद्ध भनेर सन्सारमा फैलिन्छन ।
गायत्री मन्त्रको सहि बिधिबाट दैनिक उच्चारण गर्नाले मानिसको चेतना जागृत हुन्छ । मानिसको आइक्यु बढ्छ । सबै भन्दा महत्त्वपूर्ण कुरा मानिसको सोच्ने शैली परिवर्तन हुन्छ । तपाईं पनि प्रयोग गर्न चाहानुहुन्छ भने एक जना बिद्यार्थीलाई एक सय वटा प्रस्न सोध्नुहोस र प्रत्यक प्रस्नको चार वटा अप्सन दिनुहोस । अनि एक महिना गायत्री मन्त्र जप गर्न भन्नुहोस र एक महिना पछि पुन: त्यही प्रस्नहरु सोध्नुहोस ।अब उसको पहिलेको र पछिको उत्तर तुलना गर्नुहोस । यदि जीवन के हो? भन्ने प्रस्नमा उसले यदि जीवन संघर्ष हो भन्ने उत्तर दिएको थियो भने एक महिना सम्म गायत्री मन्त्रको जप गरेपछि उसको उत्तर "जीवन परमआनन्द हो" भन्ने हुनेछ । उसको सोच्ने शैलीनै परिवर्तन हुनेछ ।
जर्मनिको ह्याम्बर्ग युनिभर्सिटीका बैज्ञानिकहरुले पनि गायत्री मन्त्रको अध्यन गर्दा यो मन्त्रले दिमागको क्षमता बढाउछ भन्ने निस्कर्स निकालेका थिय । त्यस्तै अमेरिकि बैज्ञानिक dr.howard steingeril ले सन्सारका सम्पुर्ण मन्त्रहरु संकलन गरेर फिजियोलोजी लाइब्रेरिमा अध्यन गरेका थिय । उक्त अध्यनमा गायत्री मन्त्र बाट प्रती सेकेन्ड एक लाख दस हजार ध्व्नी तरङ्ग उत्पन्न भएको पाइएको थियो । उक्त रिसर्चमा गायत्री मन्त्र अन्य सम्पुर्ण मन्त्र भन्दा शक्तिशाली भएको निस्कर्स निस्केको थियो ।यसरी सन्सारभरका अन्य थुप्रै बैज्ञानिकहरुले गायत्री मन्त्रले दिमागको शक्ति , चेतना अभिबृद्धी गर्छ भनी प्रमाणीत गरिसकेकाछन ।
तर आज हामिले ब्रतबन्धलाई अन्धविश्वासको नाम दिएर आफू प्रगतिशिल र क्रान्तिकारि भएको सोच्दै भ्रमको खाडलमा आफैलाइ हुत्त्याइरहेकाछौ । गायत्रीमन्त्रको महत्त्व हामिलाइ कहि, कतै र कसैले पनि सिकाएनन । न घरमा सिकाइयो न त कथाकथित ज्ञान बाड्ने स्कुलमा नै सिकाइयो ।
स्कुल , कलेजबाट त हामी अमेरिकन संस्कृति ,मूल्य र मान्यता भन्ने शिर्षकमा पाठ पढेर घर फर्किन्छौ ।त्यसमाथी शिक्षकले त्यसको होमवर्क गरेर आउन निर्देशन दिनुहुन्छ । हामिलाइ हाम्रो देशको बाहेक अरु सबै देशको ईतिहास , सस्कृती , चालचलन , भेषभुसाको राम्रो ज्ञान छ र हाम्रोलागी ति चालचलन सबै ठिक छन तर हाम्रो पौराणिक चालचलन चाहि अन्धबिस्वास हुन । हाम्रो यस्तो शिक्षा नीति कसको पालामा , कुन मितिमा बनेको होला ? यो नीति आज फेरिनु पर्दैन ? यो शिक्षानीति कसले , कहिले र किन बनायो ? यस्तो शिक्षा दिएर सरकारले कस्ता जनसक्ति, कसको इसारामा उत्पादन गर्न खोजेको होला ? यसको अड्कल त तपाइले पनि गर्नसक्नुहुन्छ होला ? अर्काको सस्कृती अध्यन गर्नु ठिक होला तर आफ्नो सास्कृतिक बिज्ञानलाई भुल्नु ठुलो घाटा सिद्ध हुनेछ । जानेर वा नजानिकन हामी आधुनिक बन्ने बहानामा हाम्रा महान बैज्ञानिक ऋषिमुनिहरुले पत्ता लगाएको बिज्ञान बाट झन बन्चित हुन पुगेका छौँ । हिजो यिनै कुराहरु हाम्रा पुर्खारुले हामिलाइ हाम्रै भासामा सिकाउदा त्यो विषय हाम्रो लागि अन्धविश्वास बन्यो । अन्धबिश्वास बन्नु स्वभाविक पनि हो किनकी प्राचीन ऋषिमुनिहरु
( तेतिबेलाका बैज्ञानिकहरु )ले सिकाएको ज्ञान बिचको समयमा जानेर वा नजानिकन अपब्याख्या भएको छ । जसले गर्दा पछिल्ला पुस्ताले ती कुराहरु भित्रको बिज्ञान थाहा पाउन सकेनन । फलस्वरूप उनिहरुले पनि आफू भन्दा पछिल्ला पुस्तालाइ सिकाउन सक्ने कुरानै भएन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने नबुझेपछी तेति ठूलो महान बिज्ञानलाई पनि अन्धबिस्वास भन्नू स्वभाविक हो । यसरी हाम्रो महान बिज्ञान खिल्ली उडाउने विषय बन्यो । तर त्यही कुरा आज पश्चिमका बिद्वानहरुले आफ्ना प्रयोगशालाहरुमा परिक्षण गरेर हाम्रै ज्ञान हामिलाइनै सिकाउदै छन। हाम्रा महान ऋषिहरुले भनेका कुराहरु हामिले अन्धविश्वास मान्यौं । त्यहिकुरा पश्चिमका ल्याबहरुबाट सुनाइयो भने बल्ल त्यसलाइ बिज्ञान हो भन्ने गरेकाछौँ । अत: पश्चिमकै बिज्ञानका आधारमा भन्दैछु जनै लगाउन नसकेपनी , ब्रतबन्ध गर्न नसकेपनी सम्पुर्ण जाति र धर्मका मानिसहरुले दिनमा केही समय अल्छी नमानिकन आफ्नो मनैमनमा गायत्री मन्त्र उच्चारण गर्दा मानसिक चेतना र विवेकमा असिमित फाइदा हुने देखियो । अब त यो कुरा पश्चिमका ल्याबहरुमा पनि थुप्रै पटक प्रमाणीत भैसकेको छ । अब हामिले बिर्सिसकेको हाम्रो त्यो महान बिज्ञानलाई एकपटक फेरि सम्झिन जरुरी छ । अनि आत्मसाथ गर्दै आफ्नो दैनिक जिवनमा लागू गरि फाइदा लिन जरुरी छ ।
ॐ भूर्भुवः स्वः
तत् सवितुर्वरेण्यं।
भर्गोदेवस्य धीमहि।
धियो यो न: प्रचोदयात्।
धन्यवाद !!!
सुरेन्द्र के. सी.( डन्डा, कावासोती -१६)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया