हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा मतदान प्रक्रिया सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा अन्तर्गत एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको हो ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव राखेका थिए ।
साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् ।
विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ । साधारणसभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया