काठमाडौं । अखिल नेपाल राष्ट्रिय फुटबल संघ (एन्फा) को अध्यक्ष र महासचिवविरुद्धको अविश्वासको प्रस्तावमा भएको मतदान सकिएको छ ।
हेटौँडामा जारी एन्फाको विशेष साधारण सभाका क्रममा भएको मतदानमा ५३ मत खसेको छ ।
कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेकोमा ३४ मत भने खसेन । मतदान सकिएसँगै केही बेरमा मतगणना हुनेछ ।
असन्तुष्ट पक्षहरुको विरोधका बावजुुद विशेष साधारणसभामा मतदान प्रक्रिया अघि बढाइएको थियो ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको निर्णय गर्न विशेष साधारण सभा बोलाइएको थियो । निवर्तमान अध्यक्ष कर्माक्षिरिङ शेर्पाले बोल्न खोजेपछि केही असहज परिस्थिती निर्माण भएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी परिचालन गरेर निर्वाचन गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया