काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्वीकृत भएको छ ।
बिहीबार हेटौँडामा एन्फाको विशेष साधारण सभामा उनीविरुद्धको अविश्वासको प्रस्तावका लागि मतदान भएको थियो । मतदानमा ५३ मत खसेको थियो । ८७ जना प्रतिनिधि रहेकोमा ५३ जनाले मात्रै मतदान गर्दा उनलाई हटाउन पुग्ने मत नदेखिएपछि प्रस्ताव अस्वीकृत भएको हो ।
अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्दछ । कडा सुरक्षा व्यवस्थाबीच विशेष साधारण सभा भएको थियो । एन्फा अध्यक्ष नेम्वाङको बर्खास्ती सम्बन्धि एकमात्र एजेण्डाको नियर्णका लागि विशेष साधारण सभा डाकिएको थियो ।
बिहान ८ बजेका लागि डाकिएको सभा झण्डै चार घण्टा ढिला सुरु भएको थियो । २०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो ।हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र सुरु नगरी सभालाई अगाडि बढाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया