एन्फाले महिला टोलीलाई जनही एक-एक लाख रुपैयाँ दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ महिला फुटबल टोलीका सदस्यलाई जनही एक-एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

शनिवार बसेको एन्फाको १८ औँ साधारण सभाको बैठकले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई जनही एक-एक लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

शुक्रवार सम्पन्न भएको फाइनल खेलमा नेपाली टोली भारतसँग ३-१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । यसअघि प्रदेश एक सरकारले जनही एक-एक लाख तथा विराटनगर महानगरपालिकाले ५०-५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?