राष्ट्र बैंकद्धारा पुन: १७ अर्ब ८५ करोड रुपैयाँँको ट्रेजरी बिलको बिक्री आव्हान

लोकपथ
98
Shares

काठमाडौं । भोलि शुक्रबार नेपाल राष्ट्र बैंकले १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँकोट्रेजरी बिल बिक्री गर्नै भएको छ । यसअघि यही कात्र्तिक २० गते मात्र २१ अर्ब १० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले यसअवधिमा तिहारको सार्वजनिक बिदा पर्ने हुँदा भोलि नैं ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति मंसिर एक गते तोकिएको राष्ट्र बैंकको भनाई छ । ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । भोलि बिक्री गरिने कुुल ट्रेजरी बिलहरुमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैंयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ जेठ एक गते तोकिएको र यि बै ट्रेजरीहरु बिलहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?